Saturday, February 6, 2010

माओवादीलाई अलग्गाएर संविधान निर्माण हुन नसक्ने भट्टराईको भनाई

एकिकृत नेकपा माओवादी का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले एकिकृत नेकपा माओवादीलाई अलग्याएर संविधान निर्माण हुनै नसक्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको थारुवान राज्यस्तरीय प्रथम भेलाको आज नेपालगाजमा उदघाटन गर्दै उहाँले यस्तो वताउनु भएको हो । उहाँले माओवादीलाई अलग्यायर संविधान निर्माण गर्न खोजिए त्यसको परिणाम भयावह हुने चेतावनी दिनु भयो । सेना समायोजनको बिषय संविधान निर्माणसंगै गासिएकोले दुवै मुद्धामा राष्ट्रिय सहमति निर्माण हुनु पर्ने बताउदै माओवादी उपाध्यक्ष भट्टराईले एकिकृत माओवादीका लडाकूहरुलाई यताउती पार्ने प्रयास आपुनो दललाई कदापी मान्ने नहुने वताउनु भयो । त्यसैगरी उहाँले नागरिक सर्वोच्चता र स्वाधिनताको रक्षाका लागि एकिकृत माओवादी कहिलै पछि नहट्ने पनि वताउनु भयो ।

0 comments:

Post a Comment