Saturday, February 6, 2010

अनाथ बालबालिकाको नाममा पेशा गर्नेलाई कारवाही गर्ने माग

आमा बाबु भएका बालबालिकालाई गैर कानूनी रुपमा अनाथ बनाउँदै विदेश पढाएको प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्देशिय टेरेडेस होम्स नामक विदेशी सस्थाका नेपाल प्रमुख जोसेफ एललाई देश निकाला गर्न अनाथ बालबालिक संरक्षण सम्बन्धी सस्थाहरुले माग गरेका छन । रिर्पोटस क्लव नेपालको सभाकक्षमा बाल गृह समन्वय समितिले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै पीएनएफपी अध्यक्ष प्रचण्ड प्रधानले जोसेफ एलले भ्रमको खेती गरेर नेपालकै बेईज्जत गरेको भन्दै उनलाई देश निकाला गर्नु पर्ने माग गर्नु भयो । उहाँले सो सस्थाले एक हजारको संख्यामा मात्र नेपालमा अनाथ बालवालिका रहेको भनी सार्वजनिक गरेको तथ्याङ्कप्रति रोस प्रकट गर्दै आरोप लगाउनु भन्दा प्रमाणसहित प्रस्तुत हुन चेतावनी दिनु भयो । प्रमाण भए देखाउनु पर्‍यो हामि सबै बालवालिकालाई उनिहरुको अभिभावकको जिम्मा लगाउछौ । उहाँले सो सस्थाको तथ्याङ्क कपोकल्पित भएको दावी गर्दै सो विषयमा सुक्ष्म अध्ययन गर्न माग गर्नु भयो ।अन्र्तदेशीय टेरेडेस होम्सले केहि दिन अगाडि सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका बालगृहमा १५ हजार वालवालिका अनाथ गृहमा रहेकोमा ६२ प्रतिसतको बुवा आमा रहेको १८ प्रतिशतको वुवा वा आमा मध्ये एक रहेको र २० प्रतिसत बालवालिकामात्र वास्तविक अनाथ रहेको उल्लेख थियो ।प्रतिवेदनले ठहर गरेको २० प्रतिसत अर्थात तीन हजार अनाथ बालवालिका मध्ये दुई हजार विदेशमा रहेकोले एक हजारमात्र अनाथ बालवालिक नेपालमा रहेको उल्लेख गरेको थियो ।

0 comments:

Post a Comment