Thursday, February 4, 2010

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने कतार ईच्छुक

कतारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । प्रधानमन्त्री माधव कुमार नेपालसंग आज विहान भएको भेटवार्तामा नेपालका लागि कतारका राजदुत असन राफीले त्यसबारे जानकारी गराउनुभएको हो ।भेटमा रफिले सम्भावित लगानीबारे छलफल गर्ने कतारी टोली छिट्टै नेपाल आउने प्रमका विदेश मामिला सल्लाहाकारले जनाएका छन् । भेटमा प्रम नेपालले कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा, रोजगारीको ग्यारेन्टी लगायतका विषयमा राजदुत रफिको ध्यानाकर्षण गराउनुभएको थियो ।
कतारमा ४ लाख भन्दा बढी नेपाली कामदार छन् । राष्ट्रपती रामवरण यादवलाई हिजो ओहोदाको प्रमाणपत्र बुझएपछि राजदुत रफिले आज प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुभएको हो ।

0 comments:

Post a Comment