Monday, February 8, 2010

चलचित्र हङ्कङ आइडीमा गायक मिलन लामा

गायक मिलन लामा नेपाली समाजमा एउटा चर्चित नाम हो । माझी दाई पोखरा फेवातालको हङ्कङ् आइडीले कृष्णभिर, जुम्ला कालीकोट जस्ता लोकपि्रय लोकगीतका स्रस्टा गायक मिलन लामाको गीत हङ्कङ् आइडीलेयति लोकपि्रय भयो कि उक्त गीतमा आधारित शिर्षक बनाएर निर्मातृ तारा गुरुङ्ले चलचित्र बनाउने निधो गर्नुभयो । मिलन लामाले नै गीतको सेरोफेरोमा रहेर चलचित्रको कथा लेख्नुभएको छ । हाल कास्कीको बाराही स्टुडियोलगायत विभिन्न भागमा छायांकन भैरहेको उक्त चलचित्रमा पहिलो पटक लोकगायक मिलन लामा नायक हुनु भएको छ । हङ्कङ् आइडीका कारण नेपाली समाजको एउटा भागमा परेको पारिवारिक समस्या र निराकरणलाई चलचित्रको मूल बिषय बनाइएको छ ।यो एक यथार्थसंग धेरै नजीक रही मुनाल फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र हो । चलचित्रको निर्देशन भोजबहादुर गुरुङ्ले गरिरहनु भएको छ । चलचित्रमा समावेश एउटा लोकभाकाको गीत रित्तै आउने लाउने खानेुमा मिलन लामाकै स्वर तथा संगीत रहेको छ भने बाँकी गीतहरुमा संगीतकार आशिष अविरलको सँगीत रहेको छ भने गीत रचना राजकुमार बगरको रहेको छ ।
चलचित्रमा मिलन लामा तारा गुरुङ् माओत्से गुरुङ् मोती गुरुङ् कुविना गुरुङ् मनिरत्न पौडेल बालकलाकार देवी गुरुङ्को मुख्य भुमिका रहेको छ । केही दृश्यको छायांकन हङ्कङ्मा पनि गरिने यो चलचित्रमा पटकथासम्बाद पदमकृष्ण पौडेल छायाँङ्कन वासुदेव पोखरेल मुख्य सहायक निर्देशन पुष्कर घिमिरे नृत्य निर्देशन शिव वि।s। र गोरे गुरुङ्को रहेको छ । चलचित्रमा द्धन्द्धको दृश्य समावेश गरिएको छैन ।

0 comments:

Post a Comment