Saturday, February 6, 2010

दुई वर्ष भित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने उर्जामन्त्रीको भनाई

उर्जामन्त्री डा. प्रकासशरण महतले दुई वर्ष भित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने घोषणा गरेका छन् । घनुषाको ढल्केवरदेखि भारतको मजफ्पुरसम्म १२ सय मेघावाटको ट्रान्समिसन लाइन बनेपछि लोडसेडिङ अन्त्य हुने उनको दाबी छ ।आठौं विद्युतिकरण अन्र्तगत कमलामाई नगरपालिकाको भिमानमा रहेको सव-स्टेसन भवनको उद्घाटन गर्न सिन्धुली आइपुगेका महतले पत्रकार महासंघमा संचारकर्मीहरुसँग कुरा गर्दै ट्रान्समिसन लाइन दुईवर्ष भित्रमा बनिसक्ने र भारतबाट विद्युत खरिद गरि नेपाललाई लोडसेडिङ मुक्त बनाउने ठोकुवा गरे । उनले स्वदेसमै उत्पादन भएको विद्युतबाट चाँही ५ वर्ष भित्रमा लोडसेडिङको अन्त्य गर्न सकिने स्पष्ट पारे ।वार्षिक १० प्रतिशतका दरले विद्युतको माग बढिरहेको भन्दै उर्जा मन्त्री महतले भारतबाट १ सय ३० मेघावाट विद्युत खरिद गरि ल्याएकाले यो वर्ष दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ बढ्न नदिने बताए । भारतबाट आयात नगरेको भए अहिले दैनिक २२ घण्टा लोडसेडिङको सामना गर्नुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

0 comments:

Post a Comment