Sunday, January 31, 2010

सुरुङ खनेर फरार १ कैदि पक्राउ

दुई साता अघि कपिलवस्तु जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ कैदि मध्ये १ कैदि गएराति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालीका १० निवासि प्रभु तेलि रहेका छन् । उनलाई जिल्लाको दोहभि गाविस २ को चौराहबाट पक्राउ गरिएको प्रहरीले बताएका छन् । चोरी, लुटपाट र हत्याहिंसा जस्ता विभिन्न अपराधका घटनामा संलग्न रहेका ८ जना कैदि गत माघ १ गते राति सुरुङ खनेर फरार भएका थिए ।

Friday, January 22, 2010

ट्रयाकटर दुर्घटनामा एकको घटनास्थलै मृत्यु

पूर्वपश्चिम र कोसी राजमार्गको सुनसरी इटहरी खण्डमा बिहीबार राति ट्रयाकटर दुर्घटनामा एक जनाको घटनास्थलै मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार धरान जादै गरेको को १ त ६१३३ ट्याक्टर नेपाली सेनाको पुर्वि पृतना अगाडि दुर्घटना हुदा सुनसरीको पानवारीका विवेक गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते ट्रयाक्टर चालकको धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Sunday, January 17, 2010

माओवादी तेश्रो डिभिजनका २५८ लडाकुलाई आज विदाई

राष्ट्रसंघिय नियोग अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका चितवनकिचितवनको जुटपानी स्थित माओवादी तेश्रो डिभिजनका २५८ लडाकुलाई आज विदाई गरिएको छ । डिभिजनमा रहेका ५८६ लडाकु मध्ये आज उनिहरुलाई विदाई गरिएको हो ।
अन्य केहि लडाकुहरु भने केहिले पहिलेनै शिविर छोडिसकेका छन् । आज विदाई गरिएका अयोग्य लडाकुहरुलाई राष्ट्रसंघले प्रतिव्यक्ती १० हजार र माओवादीले १२ हजार गरि २२ हजार रुपैया प्रदान गरिएको हो । विदाई कार्यक्रममा नेपाल स्थित राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यलयका प्रमुख रिचार्ड बेनेड, माओवादी लडाकुका डेपुटी कमाण्डर चन्द्रप्रकास, शान्ति मन्त्रालयका सहसचिव विष्णु नेपालको सहभागिता थियो ।

भारतले माओवादी र अन्य दललाई समान व्यवहार गर्ने भारतिय विदेशमन्त्री कृष्णाको भनाई

भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारतले माओवादी र अन्य दलसँग समान व्यवहार गर्ने बताएका छन् । तीन दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनेक्रममा त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कृष्णाले भारतको नजरमा माओवादी पनि अन्य संसदवादी दलजस्तै भएको टिप्पणी गरे ।
भारतीय विदेशमन्त्रीलाई शनिबार भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनादेशको कदर गर्न आग्रह गरेका थिए । कृष्णाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताए ।
शुक्रबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री कृष्णाले आइतबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेका थिए । उनले यसअघि राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेट गरेका थिए ।

नेपाल सरकार र भारत, सेना समायोजनको विरुद्वमा लागेको प्रचण्डको आरोप

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार र भारतले सेना समायोजनको विरुद्धमा लागेकॊ आरोप लगाउनुभएको छ। आज खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित प्रथम खोटाङ युवा महोत्सवको समापन समारोहमा अध्यक्ष प्रचण्डले बर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिदै यस्तो आरोप लागउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताका लागी एक ढिक्का अघि बढ्न आम नागरीकलाई आग्रह गर्नुभएको छ । सम्पूर्ण नेपाली जनताको एकताले मात्र नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने धारणा प्रति जोड दिदै सबै एक ढिक्का हुन आग्रह गर्नुभयो ।
उहाँले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता अहिलेको प्रमुख मुद्धा भएको र यी विषयलाई वृहत रुपमा अन्तरकि्रया गर्दै सबै राष्ट्रवादी शक्तिहरुलाई एकीकृत गर्दै अगाडि बढेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ संविधान निर्माणमा जनताले आफूहरुलाई म्याण्डेड दिएको बताउँदै जनताको लोकप्रीय पार्टीको हैसियतले नैतिकताको हिसावले जनसंविधान निर्माण गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।