Saturday, February 6, 2010

उपराष्ट्रपतिले मैथली भाषामा सपथ गर्ने, सपथ पत्र राष्ट्रपति कार्यलयमा दर्ता

मैथिली भाषामा सपथ ग्रहण गर्नका लागि पद निष्कृय रहेका उपराष्ट्रति परमानन्द झाले राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाएका छन् । मैथिली भाषामा अनुवाद गरिएको सपथपत्र सहितको जानकारी उपराष्ट्रपति कार्यालयले राष्ट्रपतिको निजी सचिवालयमा बुझाएको हो ।अन्तरिम संविधान सातौ संशोधन अनुसार नेपाली वाहेक मातृभाषामा सपथ लिने भए सपथग्रहण गर्नु २४ घण्टा पूर्व जानकारी गराउनुपर्ने व्यवस्था छ । हिन्दी भाषामा सपथ लिएका उपराष्ट्रपति झाको गत साउन यता पद निष्कृय रहेको छ । उपराष्ट्रपतिले आइतबार मातृभाषा मैथिलीमा पुन सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले आइतबार साढे तीन बजेका लागि सपथ कार्यक्रम राखेको छ ।

0 comments:

Post a Comment