Thursday, February 4, 2010

शिक्षा सेवा आयोगको पाठ्यक्रम परिवर्तन हुने

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र -लाइसेन्स)को पाठयक्रम यस वर्षदेखि परिवर्तन गर्ने भएको छ । आयोगको समयानुकूल पाठयक्रम परिमार्जन गर्दै लैजाने नीतिअनुरूप पाठयक्रम परिवर्तन गर्न लागेको आयोगका सचिव अशोककुमार अर्यालले बताउनुभयो ।

उच्चमाध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालय र पाठयक्रम विकास केन्द्रले विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठयक्रम परिमार्जन गरेकाले आयोगले पनि ती पाठयक्रमसँग मेल खानेगरी पाठयक्रम परिवर्तन गर्न लागेको हो ।
प्राथमिक, निम्नमाध्यमिक एवम् माध्यमिक तहका शिक्षक लाइसेन्स र यी तीनै तहकै शिक्षक बढुवाको समेत पाठयक्रम परिवर्तन गर्न लागेको सचिव अर्यालले बताउनुभयो ।

0 comments:

Post a Comment