Thursday, February 4, 2010

माओवादीद्वारा पाँचौ चरणको आन्दोलन घोषणा

एकिकृत माओबादीले शान्ति नयाँ संबिधान र राष्ट्रिय स्वाधिनताका पक्षमा आज पाँचौ चरणको आन्दोलनको घोषणा गरेको छ । माओबादीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई महत्व दिदै राजनीतिक गतिरोधको सकारात्मक सम्बोधन हुनेमा बिश्वास पनि ब्यक्त गरेको छ ।काठमाण्डौमा केहि दिन सम्म चलेको स्थायी समितिको बैठक पछि आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरीएको हो । सेना समायोजन गर्ने बिषय लाई आसंकाको रुपमा हेरेको माओबादीले पहिला शान्ति प्रकृयालाई टुङगोमा पुराएर समायोजन गर्नु पर्ने धारणा राखेको छ ।माओबादीले फागुन एक गते देखि चैत्र २४ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत देशब्यापी जनपरिचालन लगायतका कार्यक्रम रहेका छन् । त्यसै गरेर अन्तर्क्रिया पैदल मार्च गोष्ठि लगायतका कार्यक्रम सहित घरदैलोको कार्यक्रम पनि माओबादीले तय गरको छ ।

0 comments:

Post a Comment