Thursday, February 4, 2010

ऐतिहासिक पाणिनी तपोभूमि ओझेलमा

अर्घाखाँची माघ २१ गते । विश्वको प्राचिन भाषा सस्कृत भाषाको व्याकरण रचना गरेको अर्घाखाँचीको पाणिनी तपूभूमी प्रचार प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हजारौ वर्ष अघि पाकिस्थानको लाहोरबाट तपस्या गदै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषीले पणेनाको लेखमा बसेर तपस्या गरी सस्कृती व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमी क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।


यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउदै अ ईउ ण्ऋ ऌग आदी चौध शुत्रको स्वर निकालेको र ति चौध शुत्रबाट सस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक विश्वास रहेको छ । यस क्षेत्रको प्रचार प्रसारको लागी विश्व भाषा साग सम्बन्धित सबै लाग्नु पर्ने पाणिनी तपोभूमी क्षेत्रको प्रचार प्रसार समितिका सचिव हुमाकान्त गौतम बताउनु हुन्छ ।

विश्वकै प्राचिन भाषा उत्पति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचार प्रसार हुन नसक्दा पछि परेको छ । अर्घाखाँचीको पूर्वमा रहेको पणेना गाविसमा यस तपोभूमी पर्दछ । त्यस तपोभूमी माथी डाडाँबाट उत्तर फकर्दा हिमालयका हिम श्रृखलादक्षिण फकर्दा तराईका फाटहरु अनि कालिजचित्तल लगाएताका पछिहरु देख्न सकिन्छ ।

अर्घाखाँचीको पोखराथोक र छिमेकी जिल्ला पाल्पाको तिनधारेबाट केही मिनेट हिडे पछि त्यस स्थानमा पुग्न सकिन्छ । यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके धार्मिकऐतिहासिक र पर्यटकिय क्षेत्रबाट नेपालीहरु लाई फाईदा हुनसक्छ । यो क्षेत्र पाणिनीले तपस्या गरेको र व्याकरण उत्पति भएको हो भन्ने विभ्ािन्न प्रमाण भएको सस्कृत िव¡ाहरु बताउन्छन् ।यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके अर्घाखाँची लगाएतका नेपाली जनतालाई फाईदा पुग्ने र कुनै संघ सस्थाबाट सहयोग पाए आफु तिर्व भएर लाग्ने स्थानीय बासीहरु बताउन्छन् । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरीएको छ । त्यहाका मन्दिरपौवा जिर्ण हुने अवस्थामा रहेका छन् । त्यहाँ पुजा पाठ गदै आएका पुजारीको हालै मृत्यु भएपछि त्यहाँ झनै पुजापाठमा हानी पुगेको छ । दिनहु पुजापाठ गर्नका लागी पुजारी ल्याउने र व्यबस्थापन गर्नका लागेको स्थानीय बासीहरु बताउन्छन् । त्यस क्षेत्रमा मठ मन्दिर बनाउनको लागी लुम्बिनि अाचलका जिल्लाहरु पाल्पागुल्मीकपिलवस्तुरुपन्देहीनवलपरासीअर्घाखाँची लगाएत भारतका केही ठाँउका मानिसहरुले सहयोग गरेका छन् ।

मन्दिरमा रातिको लागी सोलारको प्रविधिबाट उज्यालो पार्ने गरीएको छ । त्यस स्थानमा अझै सम्म पनि मोटरबाटो भने पुग्न सकेको छैन् । त्यहाँ मोटर गाडी बिद्युत्त लगेर विकास गर्न सकेमा नेपालकै नमुना ठाँउ बन्न सक्छ । त्यहाँका मठ मन्दिर पौवा लगाएताका ठाउँहरुको संरक्षण गर्न आवश्यक देखिन्छ । त्यहाँको प्रचार प्रसार गर्न बिभिन्न सघं सस्था राजनैतिक दल अथवा राज्यले विशेश ख्याल गरे नेपालको पर्यटकिय गन्नीने क्षेत्र अन्र्तगत पथ्यो की । पाणिनी तपोभुमीमा हरेक वर्षका दिन ठुलो मेला लाग्ने गर्छ ।

0 comments:

Post a Comment