गायक मिलन लामा नेपाली समाजमा एउटा चर्चित नाम हो । माझी दाई पोखरा फेवातालको हङ्कङ् आइडीले कृष्णभिर, जुम्ला कालीकोट जस्ता लोकपि्रय लोकगीतका स्रस्टा गायक मिलन लामाको गीत हङ्कङ् आइडीलेयति लोकपि्रय भयो कि उक्त गीतमा आधारित शिर्षक बनाएर निर्मातृ तारा गुरुङ्ले चलचित्र बनाउने निधो गर्नुभयो । मिलन लामाले नै गीतको सेरोफेरोमा रहेर चलचित्रको कथा लेख्नुभएको छ । हाल कास्कीको बाराही स्टुडियोलगायत विभिन्न भागमा छायांकन भैरहेको उक्त चलचित्रमा पहिलो पटक लोकगायक मिलन लामा नायक हुनु भएको छ । हङ्कङ् आइडीका कारण नेपाली समाजको एउटा भागमा परेको पारिवारिक समस्या र निराकरणलाई चलचित्रको मूल बिषय बनाइएको छ ।यो एक यथार्थसंग धेरै नजीक रही मुनाल फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र हो । चलचित्रको निर्देशन भोजबहादुर गुरुङ्ले गरिरहनु भएको छ । चलचित्रमा समावेश एउटा लोकभाकाको गीत रित्तै आउने लाउने खानेुमा मिलन लामाकै स्वर तथा संगीत रहेको छ भने बाँकी गीतहरुमा संगीतकार आशिष अविरलको सँगीत रहेको छ भने गीत रचना राजकुमार बगरको रहेको छ ।
चलचित्रमा मिलन लामा तारा गुरुङ् माओत्से गुरुङ् मोती गुरुङ् कुविना गुरुङ् मनिरत्न पौडेल बालकलाकार देवी गुरुङ्को मुख्य भुमिका रहेको छ । केही दृश्यको छायांकन हङ्कङ्मा पनि गरिने यो चलचित्रमा पटकथासम्बाद पदमकृष्ण पौडेल छायाँङ्कन वासुदेव पोखरेल मुख्य सहायक निर्देशन पुष्कर घिमिरे नृत्य निर्देशन शिव वि।s। र गोरे गुरुङ्को रहेको छ । चलचित्रमा द्धन्द्धको दृश्य समावेश गरिएको छैन ।
Monday, February 8, 2010
Saturday, February 6, 2010
दुई वर्ष भित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने उर्जामन्त्रीको भनाई
उर्जामन्त्री डा. प्रकासशरण महतले दुई वर्ष भित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने घोषणा गरेका छन् । घनुषाको ढल्केवरदेखि भारतको मजफ्पुरसम्म १२ सय मेघावाटको ट्रान्समिसन लाइन बनेपछि लोडसेडिङ अन्त्य हुने उनको दाबी छ ।आठौं विद्युतिकरण अन्र्तगत कमलामाई नगरपालिकाको भिमानमा रहेको सव-स्टेसन भवनको उद्घाटन गर्न सिन्धुली आइपुगेका महतले पत्रकार महासंघमा संचारकर्मीहरुसँग कुरा गर्दै ट्रान्समिसन लाइन दुईवर्ष भित्रमा बनिसक्ने र भारतबाट विद्युत खरिद गरि नेपाललाई लोडसेडिङ मुक्त बनाउने ठोकुवा गरे । उनले स्वदेसमै उत्पादन भएको विद्युतबाट चाँही ५ वर्ष भित्रमा लोडसेडिङको अन्त्य गर्न सकिने स्पष्ट पारे ।वार्षिक १० प्रतिशतका दरले विद्युतको माग बढिरहेको भन्दै उर्जा मन्त्री महतले भारतबाट १ सय ३० मेघावाट विद्युत खरिद गरि ल्याएकाले यो वर्ष दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ बढ्न नदिने बताए । भारतबाट आयात नगरेको भए अहिले दैनिक २२ घण्टा लोडसेडिङको सामना गर्नुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
उपराष्ट्रपतिले मैथली भाषामा सपथ गर्ने, सपथ पत्र राष्ट्रपति कार्यलयमा दर्ता
मैथिली भाषामा सपथ ग्रहण गर्नका लागि पद निष्कृय रहेका उपराष्ट्रति परमानन्द झाले राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाएका छन् । मैथिली भाषामा अनुवाद गरिएको सपथपत्र सहितको जानकारी उपराष्ट्रपति कार्यालयले राष्ट्रपतिको निजी सचिवालयमा बुझाएको हो ।अन्तरिम संविधान सातौ संशोधन अनुसार नेपाली वाहेक मातृभाषामा सपथ लिने भए सपथग्रहण गर्नु २४ घण्टा पूर्व जानकारी गराउनुपर्ने व्यवस्था छ । हिन्दी भाषामा सपथ लिएका उपराष्ट्रपति झाको गत साउन यता पद निष्कृय रहेको छ । उपराष्ट्रपतिले आइतबार मातृभाषा मैथिलीमा पुन सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले आइतबार साढे तीन बजेका लागि सपथ कार्यक्रम राखेको छ ।
माओवादीलाई अलग्गाएर संविधान निर्माण हुन नसक्ने भट्टराईको भनाई
एकिकृत नेकपा माओवादी का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले एकिकृत नेकपा माओवादीलाई अलग्याएर संविधान निर्माण हुनै नसक्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको थारुवान राज्यस्तरीय प्रथम भेलाको आज नेपालगाजमा उदघाटन गर्दै उहाँले यस्तो वताउनु भएको हो । उहाँले माओवादीलाई अलग्यायर संविधान निर्माण गर्न खोजिए त्यसको परिणाम भयावह हुने चेतावनी दिनु भयो । सेना समायोजनको बिषय संविधान निर्माणसंगै गासिएकोले दुवै मुद्धामा राष्ट्रिय सहमति निर्माण हुनु पर्ने बताउदै माओवादी उपाध्यक्ष भट्टराईले एकिकृत माओवादीका लडाकूहरुलाई यताउती पार्ने प्रयास आपुनो दललाई कदापी मान्ने नहुने वताउनु भयो । त्यसैगरी उहाँले नागरिक सर्वोच्चता र स्वाधिनताको रक्षाका लागि एकिकृत माओवादी कहिलै पछि नहट्ने पनि वताउनु भयो ।
अनाथ बालबालिकाको नाममा पेशा गर्नेलाई कारवाही गर्ने माग
आमा बाबु भएका बालबालिकालाई गैर कानूनी रुपमा अनाथ बनाउँदै विदेश पढाएको प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्देशिय टेरेडेस होम्स नामक विदेशी सस्थाका नेपाल प्रमुख जोसेफ एललाई देश निकाला गर्न अनाथ बालबालिक संरक्षण सम्बन्धी सस्थाहरुले माग गरेका छन । रिर्पोटस क्लव नेपालको सभाकक्षमा बाल गृह समन्वय समितिले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै पीएनएफपी अध्यक्ष प्रचण्ड प्रधानले जोसेफ एलले भ्रमको खेती गरेर नेपालकै बेईज्जत गरेको भन्दै उनलाई देश निकाला गर्नु पर्ने माग गर्नु भयो । उहाँले सो सस्थाले एक हजारको संख्यामा मात्र नेपालमा अनाथ बालवालिका रहेको भनी सार्वजनिक गरेको तथ्याङ्कप्रति रोस प्रकट गर्दै आरोप लगाउनु भन्दा प्रमाणसहित प्रस्तुत हुन चेतावनी दिनु भयो । प्रमाण भए देखाउनु पर्यो हामि सबै बालवालिकालाई उनिहरुको अभिभावकको जिम्मा लगाउछौ । उहाँले सो सस्थाको तथ्याङ्क कपोकल्पित भएको दावी गर्दै सो विषयमा सुक्ष्म अध्ययन गर्न माग गर्नु भयो ।अन्र्तदेशीय टेरेडेस होम्सले केहि दिन अगाडि सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका बालगृहमा १५ हजार वालवालिका अनाथ गृहमा रहेकोमा ६२ प्रतिसतको बुवा आमा रहेको १८ प्रतिशतको वुवा वा आमा मध्ये एक रहेको र २० प्रतिसत बालवालिकामात्र वास्तविक अनाथ रहेको उल्लेख थियो ।प्रतिवेदनले ठहर गरेको २० प्रतिसत अर्थात तीन हजार अनाथ बालवालिका मध्ये दुई हजार विदेशमा रहेकोले एक हजारमात्र अनाथ बालवालिक नेपालमा रहेको उल्लेख गरेको थियो ।
Thursday, February 4, 2010
शिक्षा सेवा आयोगको पाठ्यक्रम परिवर्तन हुने
शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र -लाइसेन्स)को पाठयक्रम यस वर्षदेखि परिवर्तन गर्ने भएको छ । आयोगको समयानुकूल पाठयक्रम परिमार्जन गर्दै लैजाने नीतिअनुरूप पाठयक्रम परिवर्तन गर्न लागेको आयोगका सचिव अशोककुमार अर्यालले बताउनुभयो ।
उच्चमाध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालय र पाठयक्रम विकास केन्द्रले विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठयक्रम परिमार्जन गरेकाले आयोगले पनि ती पाठयक्रमसँग मेल खानेगरी पाठयक्रम परिवर्तन गर्न लागेको हो ।
प्राथमिक, निम्नमाध्यमिक एवम् माध्यमिक तहका शिक्षक लाइसेन्स र यी तीनै तहकै शिक्षक बढुवाको समेत पाठयक्रम परिवर्तन गर्न लागेको सचिव अर्यालले बताउनुभयो ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने कतार ईच्छुक
कतारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । प्रधानमन्त्री माधव कुमार नेपालसंग आज विहान भएको भेटवार्तामा नेपालका लागि कतारका राजदुत असन राफीले त्यसबारे जानकारी गराउनुभएको हो ।भेटमा रफिले सम्भावित लगानीबारे छलफल गर्ने कतारी टोली छिट्टै नेपाल आउने प्रमका विदेश मामिला सल्लाहाकारले जनाएका छन् । भेटमा प्रम नेपालले कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा, रोजगारीको ग्यारेन्टी लगायतका विषयमा राजदुत रफिको ध्यानाकर्षण गराउनुभएको थियो ।
कतारमा ४ लाख भन्दा बढी नेपाली कामदार छन् । राष्ट्रपती रामवरण यादवलाई हिजो ओहोदाको प्रमाणपत्र बुझएपछि राजदुत रफिले आज प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुभएको हो ।
कतारमा ४ लाख भन्दा बढी नेपाली कामदार छन् । राष्ट्रपती रामवरण यादवलाई हिजो ओहोदाको प्रमाणपत्र बुझएपछि राजदुत रफिले आज प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुभएको हो ।
उपराष्ट्रपति झालाई दुई दिनभित्र पुन: सपथ गराईने
सरकारले पद निष्कृय रहेका उपराष्ट्रपति परमानन्द झाको पुन सपथका लागि प्रकृया अघि बढाएको छ । दुई दिन भित्र पुन सपथ गराउने योजना अनुरुप सरकारले प्रकृया अघि बढाएको कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । सिंह सहित संसदीयमन्त्री मिनेन्द्र रिजाल, महान्याधीवक्ता भरतबहादुर कार्कीले बिहीबार विहान शितल निवास पुगेर सपथ प्रकृया सुरु गरिएको बारे राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका छन् ।
भेटमा अन्तरिम संविधान संशोधन गरिएको र उपराष्ट्रपतिलाई कृयाशिल गराउन संकल्प प्रस्ताव समेत पारित भइसकेकाले कुनै कानुनी जटिलता श्रृजना नहुने तर्फ राष्ट्रपतिलाई आश्वस्त पारिएको थियो ।
भेटमा अन्तरिम संविधान संशोधन गरिएको र उपराष्ट्रपतिलाई कृयाशिल गराउन संकल्प प्रस्ताव समेत पारित भइसकेकाले कुनै कानुनी जटिलता श्रृजना नहुने तर्फ राष्ट्रपतिलाई आश्वस्त पारिएको थियो ।
माओवादीद्वारा पाँचौ चरणको आन्दोलन घोषणा
एकिकृत माओबादीले शान्ति नयाँ संबिधान र राष्ट्रिय स्वाधिनताका पक्षमा आज पाँचौ चरणको आन्दोलनको घोषणा गरेको छ । माओबादीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई महत्व दिदै राजनीतिक गतिरोधको सकारात्मक सम्बोधन हुनेमा बिश्वास पनि ब्यक्त गरेको छ ।काठमाण्डौमा केहि दिन सम्म चलेको स्थायी समितिको बैठक पछि आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलनमा आन्दोलनको घोषणा गरीएको हो । सेना समायोजन गर्ने बिषय लाई आसंकाको रुपमा हेरेको माओबादीले पहिला शान्ति प्रकृयालाई टुङगोमा पुराएर समायोजन गर्नु पर्ने धारणा राखेको छ ।माओबादीले फागुन एक गते देखि चैत्र २४ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत देशब्यापी जनपरिचालन लगायतका कार्यक्रम रहेका छन् । त्यसै गरेर अन्तर्क्रिया पैदल मार्च गोष्ठि लगायतका कार्यक्रम सहित घरदैलोको कार्यक्रम पनि माओबादीले तय गरको छ ।
ऐतिहासिक पाणिनी तपोभूमि ओझेलमा
अर्घाखाँची माघ २१ गते । विश्वको प्राचिन भाषा सस्कृत भाषाको व्याकरण रचना गरेको अर्घाखाँचीको पाणिनी तपूभूमी प्रचार प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हजारौ वर्ष अघि पाकिस्थानको लाहोरबाट तपस्या गदै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषीले पणेनाको लेखमा बसेर तपस्या गरी सस्कृती व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमी क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।
यसै क्षेत्रमा आएर पाणिनी ऋषीले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउदै अ ईउ ण्ऋ ऌग आदी चौध शुत्रको स्वर निकालेको र ति चौध शुत्रबाट सस्कृत व्याकरणको रचना गरेको भन्ने धार्मिक विश्वास रहेको छ । यस क्षेत्रको प्रचार प्रसारको लागी विश्व भाषा साग सम्बन्धित सबै लाग्नु पर्ने पाणिनी तपोभूमी क्षेत्रको प्रचार प्रसार समितिका सचिव हुमाकान्त गौतम बताउनु हुन्छ ।
विश्वकै प्राचिन भाषा उत्पति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचार प्रसार हुन नसक्दा पछि परेको छ । अर्घाखाँचीको पूर्वमा रहेको पणेना गाविसमा यस तपोभूमी पर्दछ । त्यस तपोभूमी माथी डाडाँबाट उत्तर फकर्दा हिमालयका हिम श्रृखलादक्षिण फकर्दा तराईका फाटहरु अनि कालिजचित्तल लगाएताका पछिहरु देख्न सकिन्छ ।
अर्घाखाँचीको पोखराथोक र छिमेकी जिल्ला पाल्पाको तिनधारेबाट केही मिनेट हिडे पछि त्यस स्थानमा पुग्न सकिन्छ । यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके धार्मिकऐतिहासिक र पर्यटकिय क्षेत्रबाट नेपालीहरु लाई फाईदा हुनसक्छ । यो क्षेत्र पाणिनीले तपस्या गरेको र व्याकरण उत्पति भएको हो भन्ने विभ्ािन्न प्रमाण भएको सस्कृत िव¡ाहरु बताउन्छन् ।यस क्षेत्रको व्यापक प्रचार प्रसार गर्न सके अर्घाखाँची लगाएतका नेपाली जनतालाई फाईदा पुग्ने र कुनै संघ सस्थाबाट सहयोग पाए आफु तिर्व भएर लाग्ने स्थानीय बासीहरु बताउन्छन् । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरीएको छ । त्यहाका मन्दिरपौवा जिर्ण हुने अवस्थामा रहेका छन् । त्यहाँ पुजा पाठ गदै आएका पुजारीको हालै मृत्यु भएपछि त्यहाँ झनै पुजापाठमा हानी पुगेको छ । दिनहु पुजापाठ गर्नका लागी पुजारी ल्याउने र व्यबस्थापन गर्नका लागेको स्थानीय बासीहरु बताउन्छन् । त्यस क्षेत्रमा मठ मन्दिर बनाउनको लागी लुम्बिनि अाचलका जिल्लाहरु पाल्पागुल्मीकपिलवस्तुरुपन्देहीनवलपरासीअर्घाखाँची लगाएत भारतका केही ठाँउका मानिसहरुले सहयोग गरेका छन् ।
मन्दिरमा रातिको लागी सोलारको प्रविधिबाट उज्यालो पार्ने गरीएको छ । त्यस स्थानमा अझै सम्म पनि मोटरबाटो भने पुग्न सकेको छैन् । त्यहाँ मोटर गाडी बिद्युत्त लगेर विकास गर्न सकेमा नेपालकै नमुना ठाँउ बन्न सक्छ । त्यहाँका मठ मन्दिर पौवा लगाएताका ठाउँहरुको संरक्षण गर्न आवश्यक देखिन्छ । त्यहाँको प्रचार प्रसार गर्न बिभिन्न सघं सस्था राजनैतिक दल अथवा राज्यले विशेश ख्याल गरे नेपालको पर्यटकिय गन्नीने क्षेत्र अन्र्तगत पथ्यो की । पाणिनी तपोभुमीमा हरेक वर्षका दिन ठुलो मेला लाग्ने गर्छ ।