Sunday, January 17, 2010

भारतले माओवादी र अन्य दललाई समान व्यवहार गर्ने भारतिय विदेशमन्त्री कृष्णाको भनाई

भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारतले माओवादी र अन्य दलसँग समान व्यवहार गर्ने बताएका छन् । तीन दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनेक्रममा त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कृष्णाले भारतको नजरमा माओवादी पनि अन्य संसदवादी दलजस्तै भएको टिप्पणी गरे ।
भारतीय विदेशमन्त्रीलाई शनिबार भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनादेशको कदर गर्न आग्रह गरेका थिए । कृष्णाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताए ।
शुक्रबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री कृष्णाले आइतबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेका थिए । उनले यसअघि राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेट गरेका थिए ।

0 comments:

Post a Comment