Sunday, January 17, 2010

नेपाल सरकार र भारत, सेना समायोजनको विरुद्वमा लागेको प्रचण्डको आरोप

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार र भारतले सेना समायोजनको विरुद्धमा लागेकॊ आरोप लगाउनुभएको छ। आज खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित प्रथम खोटाङ युवा महोत्सवको समापन समारोहमा अध्यक्ष प्रचण्डले बर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिदै यस्तो आरोप लागउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताका लागी एक ढिक्का अघि बढ्न आम नागरीकलाई आग्रह गर्नुभएको छ । सम्पूर्ण नेपाली जनताको एकताले मात्र नयाँ संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने धारणा प्रति जोड दिदै सबै एक ढिक्का हुन आग्रह गर्नुभयो ।
उहाँले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता अहिलेको प्रमुख मुद्धा भएको र यी विषयलाई वृहत रुपमा अन्तरकि्रया गर्दै सबै राष्ट्रवादी शक्तिहरुलाई एकीकृत गर्दै अगाडि बढेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ संविधान निर्माणमा जनताले आफूहरुलाई म्याण्डेड दिएको बताउँदै जनताको लोकप्रीय पार्टीको हैसियतले नैतिकताको हिसावले जनसंविधान निर्माण गरिछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

0 comments:

Post a Comment